सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै, यस्तो छ तयारी

३० श्रावण २०७८, शनिबार ०७:१०

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदैछ । प्रभु क्यापिटलका अनुसार आज ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड हुँदैछ ।

कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन ल्याएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*