२२ वटै बीमा कम्पनीहरु ‘जेट’ वर्गमा सूचीकृत

२९ श्रावण २०७८, शुक्रबार १८:५०

काठमाडौं । झण्डै ५० अर्ब हाराहारीमा प्रत्यक्ष लगानी र अप्रत्यक्ष रुपमा जनताले खर्बभन्दा बढि लगानी गरेको बीमा कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बर्गीकरणमा भने अन्तिम सूचिमा परेका छन् ।

नेप्सले आज सार्वजनिक गरेको सूचिकरणमा ए, बी, जी र जेड गरी चार बर्गमा बर्गीकरण गरेको थियो । सो मध्ये कुनै पनि बीमा कम्पनी जेडभन्दा माथि जान सकेनन् ।जबकि केही करोड रुपैयाँ लगानी रहेको लघुवित्त कम्पनीहरु जी बर्गमा परेका छन् । बी बर्गमा कुनै पनि कम्पनीहरु परेनन् भने जी बर्गमा हाईड्रपावर तथा लघुवित्त कम्पनीहरु परेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई ४ समूहमा वर्गीकरण गरेको छ । नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा विभिन्न कम्पनीहरुलाई बर्गीकरण गरेको हो ।दुई अर्ब रुपैयाँ भन्दा बढि चुक्ता पुँजि भएको जीवन र १ अर्ब चुक्ता पुँजी भएको निर्जिवन बीमा कम्पनी समूह ६ मा ३/३ वटा मात्र परेको छ भने बाँकि २२ वटै बीमा कम्पनीहरु अन्तिम बर्ग अर्थात जेड बर्गमा परेका छन् ।

बीमा समितिले बीमाको पहुँच बृद्धि भएको भन्दै बीमा कम्पनीहरुले राम्रो काम गरिरहेको चर्चा गरिरहँदा नेपाल स्टक एक्सचेन्जको सूचिकरणमा भने कम्पनीहरु निकै पछाडि धकेलिएका हुन् ।

बीमा कम्पनीहरुको वर्गीकरण

समूह जी तर्फ :  एउटा पुर्नबीमा कम्पनी, ३ वटा जीवन बीमा र ३ वटा निर्जीबन बीमा कम्पनी गरी कुल ७ वटा बीमा कम्पनीहरु परेका छन् ।
पुर्नबीमा कम्पनीमा कम्पनी , निर्जीवन बीमा कम्पनीमा अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । त्यस्तै जीवन बीमा कम्पनीमा ज्योती लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स परेका छन् ।

समूह जेडतर्फ : त्यस्तै समूह जेडतर्फ जीवन बीमा र निर्जीवन बीमा कम्पनी गरी कुल २२ वटा बीमा कम्पनीहरु परेका छन् । ती मध्ये जीवन बीमातर्फ ७ वटा कम्पनीहरु छन् भने १४ निर्जीवन बीमा कम्पनीहरु रहेका छन्।

जीवन बीमा कम्पनीहरुमा एशियन लाइफ, गुराँस लाइफ, लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, नेपाल लाइफ, प्राइम लाइफ र सूर्या लाइफ इन्स्यारेन्स रहेका छन् ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा एभरेष्ट इन्स्यारेन्स, हिमालयन जनरल, आइएमई जनरल, लुम्बिनी जनरल, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इनस्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स ,सिद्धार्थ इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनी परेका छन् ।

धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गनुपेर्न व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार नेप्सेले चौथौ त्रैमासका वर्गीकरण गरी सूची सार्वजनिक गरेको हो । साथै नेप्सेले नेप्सेको वर्गीकरणमा चित्त नबुझेको खण्डमा ३५ दिन भित्र प्रमाण सहित निवेदन पेश गर्न आग्रह गरेको छ ।

अधिकांश बीमा कम्पनीहरु नेप्सेको सूचिकरणमा पछाडि पर्नुको कारण साधारणसभा समयमा नगरेकाले हो । बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा ढिलाई हुँदा साधारणसभा झण्डै एक वर्ष ढिला हुने गरेको छ । नेपालमा एक्चुरियल भ्यालुएशन गर्ने जनशक्तिको आभाव तथा विदेशमा पठाउनुपर्ने समस्याको कारण ढिलाई हुँदा कम्पनीहरुले समयमा मुनाफा समेत वितरण गर्न सक्दैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*