वित्तीय विवरणमा देखियो अजोडको प्रगति, खुद नाफा ५० प्रतिशतले बृद्धि, १३० करोडको बीमा कारोबार

२९ श्रावण २०७८, शुक्रबार ०८:०५

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशन गरेको छ । गत आवमा कम्पनीको प्रगति राम्रो देखिएको छ । कम्पनीको मुनाफा, कूल बीमा शुल्क र अन्य आयमा बृद्धि भएको तथ्याङ्कले औल्याएको छ ।

कम्पनीको खुद नाफा ४९.५१ प्रतिशतले बृद्धि भई नाै करोड ५२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत आवमा जम्मा छ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवमा कम्पनीले उल्लेख्य बृद्धि गर्न सफल भएको हो । कोरोना महामारीकै बीचमा कम्पनीले व्यवसाय तथा मुनाफा विस्तार गर्न सफल भएको छ ।

कम्पनीले कूल एक अर्ब ३० करोड ४४ लाख ७६ हजार रुपैयाँको बीमा कारोबार गरेको वित्तीय विवरणमा देखिएकोे छ । गत आवको तुलनामा कम्पनीले बीमा कारोबार ४७.५१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा कम्पनीले जम्मा ८८ करोड ४३ लाख रुपैयाँको बीमा कारोबार गरेको थियो ।

कम्पनीले ३८ करोड २८ लाख १५ हजार रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेको छ । सो आम्दानी २६.२८ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आवमा कम्पनीले जम्मा ३० करोड २९ लाख पाँच हजार खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको बीमा दावी भुक्तानी १०३.४८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा आठ करोड ६५ लाख २७ हजार रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले गत आवमा १७ करोड ६० लाख ६४ हजार रुपैयाँ दावी भुक्तानी गरेको हो ।

कम्पनीको बीमा कोषमा ११ करोड सात हजार रुपैयाँ संचिती गरेको छ भने जगेडामा ९० लाख ८८ हजार र महाविपत्ति कोषमा एक करोड ९९ हजार सहित कूल कोषका आकार २१ करोड नौ लाख ९५ हजार संचिती गरेको छ । अघिल्लो आवमा कम्पनीको कोषमा जम्मा ११ करोड ५७ लाख २७ हजार रुपैयाँ संचिती थियो ।

कम्पनीको मुनाफा बृद्धिसँगै प्रतिशेयर बृद्धि भई ९.५२ रुपैयाँ पुगेको छ । त्यस्तै, पिई अनुपात ८५.४०, प्रतिशेयर नेटवर्थ १२१.१० रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १९८.२३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*