एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन
२९ श्रावण २०७८, शुक्रबार १०:२२
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन रहेको छ । आज बैंकिङ् अवधिसम्ममा बैंकको लिलामी शेयरमा आवेदन दिन पाउने छन् ।
बैंकले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४३९ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो । तीनवटैै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
ईच्छुक आवेदकले नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता रू। १ हजार २२१, आरएमडिसी लघुवित्तको रू। ४७३ र मेरो माइक्रोफाइनान्सको रू। ५३४ तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न पाउनेछन् ।