ऋणपत्र निष्काशन गर्न एभरेष्ट बैंक र एनएमबि बैंकले बोर्डमा दियो आवेदन
काठमाडौं । ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा दुई बैंकले आवेदन दिएका छन् । एभरेष्ट बैंक र एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् ।
एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन २० गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गर्नेछ ।
बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो । बैंकको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
त्यस्तै, एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन २४ गते बोर्डमा आवेदन दिएको थियो ।
जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकि २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्ने छ । बैंकले ४ प्रतिशत ब्याजदरमा आगामी १५ वर्ष सम्मको लागि इनर्जी बोण्ड निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । बैंकको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।