ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने सम्झौता
२८ श्रावण २०७८, बिहीबार १४:२७
काठमाडौं । ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने सम्बन्धी सहकार्यपत्रमा सम्झौता भएको छ। समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रा.लि.का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात् बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।
यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्ला प्रा.लि.ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।