सूर्या लाइफद्धारा परासी शाखा विस्तार
२८ श्रावण २०७८, बिहीबार १३:२७
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पश्चिम नवलपरासीमा परासी शाखा उद्धघाटन गरेको हो ।
उक्त शाखाको उद्धघाटन कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले गरेका हुन् । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘बीमा बुढेसकालको साथि भएकाले सबैले अनिवार्य बीमा गर्नुपर्दछ’ भनेका थिए ।
साथै उद्धघाटको पहिलो दिन १ करोड भन्दा बढीको बीमा संकलन भएको शाखा प्रमुख सानुमाया भट्टराइले बताइन् ।