ग्लोबल आइएमई र क्लासिक भिल्लाबिच सम्झौता

२८ श्रावण २०७८, बिहीबार १३:०८

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र क्यासिक भिल्ला प्रा.लि.बिच सम्झौता भएको छ । ग्राहकहरुलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्न दुई पक्षबी समझदारी भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र प्रा.लि. का तर्फबाट अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर जग्गा खरिद गर्न चाहनेलाई बैंकले सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

ग्लोबल आइएमई बैंकले अहिले घर कर्जाको लागि ७.९९ प्रतिशत ब्याजदरमा बिशेष घर कर्जा योजना संचालन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*