जलवायु परिर्वनको समस्या समाधान गर्न ‘राष्ट्रपति जलवायु व्यवस्थापन कार्यक्रम’ सञ्चालन गरिने

१ जेष्ठ २०८१, मंगलवार १५:५९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्नको लागि ‘राष्ट्रपति जलवायु व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले जलवायु समस्यालाई सामाधान गर्न राष्ट्रपति जनवायु व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

विभिन्न कारणले उत्पन्न भएको जलवायु परिवर्तनको समस्यालाई सामाधान गर्न उक्त कार्यक्रम मार्फत हिमाल, पहाड र तराईमा भौगोलिक अनुरुपताका रुख, विरुवाहरु रोप्ने, बाढी पहिरो नियन्त्रण तथा आगलागी नियन्त्रण गर्ने लगायतक कार्य गरिने राष्ट्रपति पौडेलले बताए ।

साथै, उनले नेपालमा रहेका नदी, नाला, पहाड तथा ठुला–ठुला हिमालहरुको पर्यावरणको रक्षा गरी सरसफाईलाई समेत प्राथमिकतामा राखेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*