मुलुकको अर्थतन्त्र सुधार तिर लम्कियो, बैंकको ब्याजदर निरन्तर घट्यो
काठमाडौँ । मुलकको अर्थतन्त्रमा सुधार भएको जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘अर्थतन्त्र सुधार तिर लम्किएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्र सुधार तिर गएको छ । देशमा लगाीकर्ताको वातावरण समेत तयार भएको छ ।’
बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको उनको भनाइ थियो । ‘बैंकका लगानीयोग्य रकम रहेको छ । बैैंकको ब्याजदर ओरालो लागि रहेको छ । विदेशी सञ्चिति बढेको छ । पर्यटकमा समेत वृद्धि भइरहेको छ ।’ पौडेलले भने ।
मुद्रा स्फीति दरमा घटेको, पर्यटक आगमन बृद्धि भएको, पर्यटकको खर्च गर्ने रकम बढेको पौडेलले बताए । समयमा बिउ र मलको आपूर्ति गरिएकाले उत्पादनमा वृद्धि आएको उनले बताए । चालु आर्थिक वर्षमा ३ हजार हेक्टर क्षेत्रमा सिचाइँ सुविधा पुगेको पनि राष्ट्रपति पौडेलले जानकारी दिए ।