भ्रष्टाचार न्यूनिकरणमा सरकार सफल भएको छः राष्ट्रपति पौडेल

१ जेष्ठ २०८१, मंगलवार १५:२६

काठमाडौं । नेपाल सरकारले सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याएको छ ।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च पदस्थ व्यक्तिहरुलाई समेत विभिन्न भ्रष्टाचारमा दोषी ठहर गर्दै कारबाही गर्न सरकार सफल रहको बताए ।

साथै, उनले नेपाललाई भ्रष्ट्राचारमुक्त बनाई सुशासन कायम गर्न बर्तमान सरकार सफल रहेको समेत बताएका छन् । उनले सरकारले आम नागरिकहरुको हक अधिकार सुरक्षित गरी सानादेखि ठुलासम्मका भ्रष्टाचार फाइल खोली सजाय दिलाएको समेत बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*