शेयर बजारमा दोहोरो अकंको उछालः १३ वटै उपसूचकमा हरियाली, ६ कम्पनीको शेयरमा सर्किट
काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजारमा सुधार आएको छ । पछिल्लो समय आएको दोहोरो अकंको उछालले लगानीकर्ता उत्साहित भएका छन् । शेयर बजारमा सबै भन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलले खेल्छ । पछिल्लो समय शेयर बजारका लगानीकर्ताको मनोबल दरिलो बन्दै गएको देखिन्छ ।
यता, अर्थमन्त्रालय समेत बजेटको तयारीमा छ । बजेट मार्फत लगानीकर्ताका केहि माग सम्बोधन हुने आश लगानीकर्ताले राखेका छन् । आजदेखि लागु हुने गरी ब्रोकर कमिसन समेत घटेको छ । जुन कुराले बजार माथि लैजान थप मद्दत गरेको छ ।
बैंकहरुले ब्याजदर घटाएका छन् । शेयर बजारको शत्रु भनिएको ब्याजदर ओरालो लाग्दा लगानीकर्ता उत्साहित बन्न पुगेको हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५२ अकंले बढेर २०२५.४१ बिन्दुमा बन्द भएको छ । मंगलबार ३२० कम्पनीको ९६ लाख ५२ हजार ५१३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९८ करोड २१ लाख ७२ हजार ५२९ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १३ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.२५ प्रतिशत, विकास बैंक समूहको १.४४ प्रतिशत, फाइनान्स समूहको ०.३० प्रतिशतले शेयर मूल्य बढेको हो ।
आज सिइडिबि आइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँ, शाइन रेसुङ्गाको ११ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।