परीक्षा दिने विद्यार्थीले कोरोना खोप पाउने
२७ श्रावण २०७८, बुधबार १९:५१
काठमाडौं । हाल त्रिभुवन विश्वविद्यालयले संचालन गरिरहेको परीक्षामा सहभागी परिक्षार्थीहरुले कोरोना विरुद्धको खोप पाउने भएका छन् ।
बुधबार स्वास्थ्य सचिव स्तरीयको सम्पन्न बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण परिक्षाथीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय भएको हो । विद्यार्थीलाई प्रवेश पत्रका आधारमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यलयले खोपको व्यवस्था गर्ने तयारी भईरहेको विश्वविद्यालयले जनाएको छ ।