मानुषी लघुवित्तको आइपीओमा पहिलो दिनमै २१ गुणा बढीको आवेदन
काठमाडौं । मानुषी लघुवित्तको प्राथमिक शेयर (आइपीओ)मा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ ।कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्ममा ५ लाख ८१ हजार ६ सय ३३ जना आवेदकहरूले ७९ लाख २ हजार ५ सय १० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा २१.४३ गुणा धेरै हो ।
लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गरिने छ ।
कम्पनीको आइपीओमा छिटोमा साउन ३१ गतेसम्म र सो अवधिसम्म बिक्री नभएको खण्डामा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सकिनेछ । साथै आवेदकले मेरो शेयरको सफ्टवेयर र एप्सबाट पनि आवेदन दिन सक्नेछन् कम्पनीको विक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।