बीमा प्राधिकरणद्धारा वार्षिकोत्सवको अवसरमा फुटसल: महर्जनको ह्याट्रिकसँगै समूह ‘सि’ बिजयी

३० बैशाख २०८१, आईतवार १६:२३

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । प्राधिकरणले बैशाख २९ गते शनिबार भिजनोभा रिक्रियसन बल्खु काठमाडौँमा फुटसल प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा पुरुषतर्फका चार टिमका ३५ जना र महिलातर्फका दुई टिमका १० जनाको सहभागिता रहेको थिए । उक्त प्रतियोगितामा पुनर्बीमा शाखाका उप निर्देशक राजेन्द्र महर्जनको कप्तानीमा रहेको समूह ‘सि’ विजेता बनेको छ । समूह ‘सि’ ले समूह ‘ए’ लार्ई ७–२ गोलको अन्तरले हराएको हो । जसमा समूह ‘सि’ का कप्तान महर्जनले ह्याट्रिक गरेका थिए ।

फाइनलमा सिट सुनिश्चित गर्ने समूह ‘ए’ ले समूह ‘बि’ लाई ५–४ गोल र समूह ‘सि’ ले समूह ‘डि’ लाई १५–१ गोलले पराजित गरेको हो ।

महिला तर्फ समूह ‘बि’ बिजेता बन्न सफल भएको हो । समूह ‘बि’ बाट कानुन शाखाकी सहायक निर्देशक सविता थापाले हानेको गोल नै निर्णयक बन्न पुगेको थियो ।

प्रतियोगितामा बीमा प्राधिकरणका निर्देशक राजुरमण पौडललगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो । बिजेताहरुलाई बैशाख ३१ गते प्राधिकरणमा एक कार्यक्रमकाबीच पुरस्कृत गर्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*