चैत महिनामा घट्यो महंगी

३० बैशाख २०८१, आईतवार १३:१७

काठमाडौँ। चालु आर्थिक वर्षको चैत महिनामा मुद्रास्फीति (महंगी) घटेको छ । आर्थिक वर्ष २०७९।८० को सोही समयमा ७.७६ प्रतिशत रहेको उक्त दर यसपटक ४.६१ प्रतिशत मात्रै रहेको हो ।

२०८० चैत महिनामा पहाडको मुद्रास्फीति सर्वाधिक ५.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त दर ७.०१ प्रतिशत रहेको थियो । हिमाली र तराई क्षेत्रमा मुद्रास्फीति क्रमशः ४.३२ प्रतिशत र ४.५८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा उक्त दर क्रमशः ७.४७ प्रतिशत र ७.६८ प्रतिशत रहेको थियो ।

काठमाडौं उपत्यकाको मुद्रास्फीति यस चैतमा ४.०६ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*