नोट काण्डमा पूर्वगर्भनर तथा राष्ट्रपतिका सल्लाकार नेपालद्धारा राजीनामा

३० बैशाख २०८१, आईतवार ११:४०

काठमाडौँ । नेपाल सरकारले एक सय रुपैयाँमा नेपालको आधिकारीक नक्सा प्रकाशित गर्ने निर्णय गरेपछि विरोधाबास पुर्ण अभिब्यक्ति दिने नेपाल राष्ट्र बैंकमा पुर्व गर्भनर तथा राष्ट्रपतिका सल्लाकार डा. चिरञ्जिवी नेपालले पदबाट राजीनामा दिएका छन । राष्ट्रपति जस्तो गरिमामय ब्यक्तिको सल्लाकार पदमा रहेर विदेशी राष्ट्रको भक्तिगान गाएको आरोप लागेपछि सल्लाकार नेपालले राजीनामा दिएका हुन् ।

एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो । सरकारले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए । त्यसको सर्वत्र आलोचना समेत भएको थियो ।

सो राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*