शेयरधनीहरुको हात रित्तो बनाउँदै नेष्डो समृद्ध लघुवित्तले जेठ २५ गते बोलायो साधारण सभा
३० बैशाख २०८१, आईतवार ११:२४
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीका शेयरधनीहरुको हात रित्तो हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व पर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने भएको छ ।
1715486605091