जनउत्थान लघुवित्तको मुनाफामा १६३ प्रतिशतको छलाङ, सुधारियो वित्तीय अवस्था
काठमाडौँ । जनउत्थान लघुवित्त वित्तीय संस्थाको मुनाफामा छलाङ आएको छ । कम्पनीका अधिकांश सूचकमा आकर्षक सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको नाफा १६३.१२ प्रतिशतले बढेर ९५ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३६ लाख १४ हजार रुपैयाँमा मात्र रहेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ८.३१ प्रतिशतले घटेर ६ करोड ४० लाख ८७ हजार रुपैयाँमा पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ करोड ९८ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको ९ महिनामा ७६ लाख ६ हजार रुपैयाँ संचालन नाफा ऋणात्मक रहेको कम्पनीको चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड ७२ लाख रुपैयाँ ऋणात्मक भएको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १७ करोढ ९१ हजार रुपैयाँ, खराब कर्जा ११.४८ प्रतिशतबाट घटेर १०.३१ प्रतिशत, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ २७ पैसा छ ।
[email protected]