मुक्तिनाथ कृषि कम्पनीको नाफासँगै इपिएसमा सुधार, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीको नााफामा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा २ करोड ९९ लाख रुपैयाँ ९९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ११०.६३ प्रतिशत बढेर ३७ करोड ६१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १७ करोड ८५ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३३.४६ प्रतिशत बढेर ११ करोड ३ लाख रुपैयाँ, कुल आम्दानी २३१.१९ प्रतिशतले बढेर ११ करोड २९ लाख रुपैयाँ, कुल खर्च ४३.०९ प्रतिशतले बढेर ९ करोड १५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २२८.८७ गुणा रहेको छ । कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ ।