सिटिजन लाइफ इन्स्योरेन्सद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
२९ बैशाख २०८१, शनिबार १२:३४
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स नेपालले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सम्पूर्ण प्रदेशबाट ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजर र हेड अफ ब्रान्च पदको लागि कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै केही वर्ष कार्य अनुभव भएका उम्मेदवारहरुलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले कम्पनीको वेबसाईट मार्फत सो पदहरुमा आवेदन दिन सकिने भएको छ ।