मेगा बैंकले घरेलु तथा साना उद्यमीलाई सहुलियतमा कर्जा उपलब्ध गराउने

२७ श्रावण २०७८, बुधबार १४:०८

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मेगा बैंकले लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुलाई १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गर्नेछ ।

महासंघका अध्यक्ष गिरीले उक्त सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पु¥याउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सो सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरेकी छिन् ।

उक्त सम्झौता कार्यक्रममा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह र कोषाध्यक्ष सत्यनारायण प्रजापतिको उपस्थिति रहेको थियो । बैकको तर्फबाट अमित श्रेष्ठ, पुण्यप्रसाद खनियाँ, रुकमणी महर्जन र जनक भट्टराईको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*