सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२७ श्रावण २०७८, बुधबार १३:२९

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको जावलाखेल शाखामा एक कार्यक्रम आयोजना गरि उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतक बीमित लिला बहादुर राईको श्रीमती समला राईलाई ७ लाख ३३ हजार २ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मृतक राईको निमोनियाको कारण मृत्यु भएको थियो ।

उनले कम्पनीबाट चार बर्षअघि ६ लाख बराबरको ५ बर्षिय मनि ब्याक बीमा पोलिसी लिएको थियो । उक्त बीमावापत कम्पनीले मृतकको परिवारलाई दाबी रकम हस्तान्त्रण गरेको हो ।

कम्पनीका ललितपुर ब्रान्चका हेड सुशीला पौडेल र कम्पनीका एजेन्सी म्यानेन्जरद्धय दिनेश थुलुङ राई र उपिन्द्रा राईको उपस्थितीमा उक्त चेक हस्तान्तरण गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*