गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन
२७ श्रावण २०७८, बुधबार १३:१२
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । कम्पनीले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
कम्पनीले लेटर हेडमा लतपट्टी साविक कम्पनीको नाम कम्तीमा १ वर्षसम्म उल्लेख गर्ने साथै नामका सम्बन्धमा भ्रम सृजना भई उजुरी परेमा संशोधन गर्ने शर्तमा उक्त कम्पनीको नाम “गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड” मा कायम गर्न स्वीकृति पाएको हो ।
साथै २०७६ चैत १३ गतेको निर्णयअनुसार कम्पनीको बोनस शेयरपछि साविकको जारी पूँजी र चुक्ता पूँजी १० करोड ३५ लाखबाट हाल ११ करोड ७ लाख ४५ हजार बृद्धि गरिएको छ ।