कुल जनसङख्याको २७ प्रतिशत जनतामा बीमाको पहुँचः अर्थमन्त्री शर्मा

२६ श्रावण २०७८, मंगलवार १६:५५

काठमाडौं। सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन्।

अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्दै आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७ प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको जानकारी दिएका छन् । त्यस्तै,आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा बीमा कम्पनीहरुले बीमा प्रिमियम बापत १ खर्ब ५३ अर्ब रुपैयाँ परिचालन गरेको श्वेतपत्रमा उल्लेख रहेको छ।

आर्थिक वर्ष २०७७/७८ मा कुल बीमामा लघुबीमाको अनुपात ६.० प्रतिशत रहेको छ । बीमाको क्षेत्र तथा बीमा सेवाका उपकरणहरुमा पर्याप्त विविधिकरण भइनसकेका कारण साना, मझौला तथा घरेलु व्यवसायीहरुको संरक्षणको लागि आवश्यकतानुसार लघुबीमा सेवा प्रदान गर्न नसकिएको स्वीकार गरिएको श्वेतपत्रमा उल्लेख रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*