जीवन बीमा कम्पनीलाई प्राधिकरणको कडा निर्देशन, २५ हजार देखि १ लाख रुपैयाँसम्म नगद जरिवाना
काठमाडौं । जीवन बीमा कम्पनीहरुलाई प्रत्यक्ष हिस्साको व्यवस्था कार्यान्वयन गर्नको लागि नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ ।प्राधिकरणको निर्णय बमोजिक सात दिन भित्र आवश्यक कागजात पेश नगरे१ लाख रुपैयाँसम्म जरिवाना गराउने पत्रमा उल्लेख गरिएको छ।
प्राधिकरणको दिएको यो निर्देशनभित्र कार्यान्वयन नभएको खण्डमा बीमा ऐन २०७९ को दफा १३८ अनुसार कारवाही गरिने प्राधिकरणले पठाएको पत्रमा उल्लेख छ ।
कम्पनीहरुले सो व्यवस्था कार्यान्वयन नगरेमा ७ दिन पछि हरेक दिन २५ हजार रुपैयाँका दरले जरीवाना तिर्नु पर्ने निर्देशन दिएको छ।
त्यसैगरी, ७ देखि १५ दिनसम्म हरेक दिन ५० हजार र १५ दिन देखि हरेक दिन १ लाख रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने पत्रमा उल्लेख गरेको छ।
पुनर्बीमा निर्देशिका अनुसार प्रत्यक्ष हिस्साबाट प्रत्येक बर्ष ८ प्रतिशतका दरले दुवै पुनर्बीमकलाई बुझाउनु पर्छ ।