राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म कूल ३६६ दिनका लागि राष्ट्र बैंकले २४ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको हो ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै बैंक कता वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ ।
बैंकको सूचनाअनुसार कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १९ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ६० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीका लागि १ करोड २० लाख रुपैयाँ छुट्ट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले वैशाख २४ गते बेलुका ७ बजेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।
तथापि, निक्षेप चाहने बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा ९एनपीएल० कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने बैंकले सर्त राखेको छ ।