अर्काको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी दर्ता, ३ करोड रुपैयाँ ठगी

२१ बैशाख २०८१, शुक्रबार १५:५५

काठमाडौँ । अर्काको भेट्टाएको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–७ स्थायी ठेगाना रहेका राजन श्रेष्ठ र झापा गौरादहका ईश्वरी पाण्डे रहेका छन् ।

पक्राउ परेका पाण्डे र श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी ‘नियोनी एजुकेशन’ नामको कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनीहरुले जापन पठाइदिने भन्दै २ सयभन्दा धेरै ब्यक्तिबाट करिब ३ करोड ठगी गरेका थिए ।

पाण्डे र श्रेष्ठले अर्काको नाममा कन्सल्टेन्सी दर्ता गरी पुतलीसडकमा अफिस राखेर सञ्चालन गरिरहेका थिए । उनीहरुले अध्ययन तथा रोजगारी जापन पठाइदिने भन्दै एक व्यक्ति बराबर ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*