प्रभु इन्स्योरेन्सको नयाँ सञ्चालक समिति चयन, को–को भए निर्वाचित ?

२१ बैशाख २०८१, शुक्रबार १०:३६

काठमाडौं । प्रभु इन्स्योरेन्सको नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको २८औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व आगामी ४ वर्षको लागि चयन गरेको हो ।

कम्पनीको २८औं वार्षिक साधारण सभाले कम्पनीको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

साथै सभाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ ।

कम्पनीले बैशाख २० गते अर्थात बिहीबार केन्द्रिय कार्यालय तिनकुनेमा २८औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गर्दै लाभांश प्रस्ताव लगायतका अन्य सम्पूर्ण प्रस्तावित प्रस्ताव पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*