राष्ट्रिय बीमा कम्पनीमा रोजगारको अवसर

२१ बैशाख २०८१, शुक्रबार ०९:३१

काठमाडौं । राष्ट्रि बीमा कम्पनी लिमिटेडले १४ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पद तथा तहमा १४ जनाबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले प्रशासन सह व्यवस्थापक, प्रशासन कानुन अधिकृत, प्रशासन सहायक व्यवस्थापन, प्रशासन सहायक ‘क’, प्रशासन सहायक ‘ख’ र कृषि प्राविधिक पदको विभिन्न तहमा कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित जेठ १० गतेभित्र र दोब्बर दस्तुर तिरी जेठ १७ गतेसम्म कम्पनीको अनलाईन दरखास्त प्रणालीबाट आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*