सानिमा लाइफ इन्स्योरेन्सद्वारा ९३ लाख दावी भुक्तानी, दुई बालवालिकाको शिक्षा–दिक्षा र लालनपालन सहज

२६ श्रावण २०७८, मंगलवार १६:१८

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितका आफन्तलाई ९३ लाख ५२ हजार ५०० रुपैयाँ दावी भुक्तानी गरेको छ ।
बीमित काठमाडौं निवासी प्रकाश पुडासैनीको असामयिक निधन भएकोमा निजकी हकवाला श्रीमती सुवार्ना थापालाई सो रकम बराबरको चेक कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ र अण्डरराईटिङ प्रमुख सुस्मिता राणाले संयुक्त रुपमा आज हस्तान्तरण गरेका छन् ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा दुई वर्ष अघि काठमाडौंका कागेश्वरी मनोहरा निवासी पुडासैनीले विभिन्न तीन वटा बीमा पोलिसी खरिद गरेका थिए । कूल ९० लाख रुपैयाँको बीमा गराएकोमा बीमाङ्क रकममा बोनस रकम थप गरी दावी भुक्तानी गरेको हो ।

व्यवसाय गरी मनग्य आम्दानी गर्दै आएका पुडासैनीले दम्पत्ति बीमा, बालसुलभ बीमा तथा आफ्नो व्यक्तिगत जीवन बीमा गराएका थिए । सो मध्ये आफ्नो व्यक्तिगत जीवन बीमाको दावी भुक्तानी गरिएको भएपनि १० लाख रुपैयाँ दम्पत्ति बीमा र बालसुलभ बीमा १० लाख रुपैयाँको बीमाङ्कको दावी भुक्तानी पोलिसी परिपक्व भएपछि पाउने कम्पनीले जनाएको छ । सो आधारमा निजका आश्रित परिवारले अझै २० लाख रुपैयाँ बीमाङ्कमा बोनस जोडेर पाउनेछन् ।

दुई जना छोरा छोरी तथा श्रीमती रहेको पुडासैनीको परिवारले आर्थिक रुपमा राहत प्राप्त गर्न सफल भएका छन् । आफू जीवित हुँदा प्रकाश पुडासैनीले आफूमा आश्रित परिवारको जीवन सुरक्षण गरेका कारण उनका कलिला बालबालिका तथा एकल महिला बनेकी श्रीमतीले भविष्यमा व्यवसाय गर्न तथा बालबालिकाको लालन, पालन तथा शिक्षादिक्षाको लागि आर्थिक अभाव नहुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*