जुम्लामा गार्डियन माइक्रो लाइफको लघु जीवन बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१९ बैशाख २०८१, बुधबार १६:०९

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले जुम्ला जिल्लाको सदरमुकाम चन्दननाथ नगरपालिकामा लघु जीवन बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बैशाख १९ गते अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा उद्योग वाणिज्य संघ, जुम्लाको हलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले न्यून आय भएका वर्ग, दुर दराजका सर्वसाधरणहरुलाई बीमाको दायरामा ल्याउन स्थानीय निकाय तथा विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी कार्य गर्ने र लघुबीमाको माध्यमबाट आर्थिक समुन्नतीमा टेवा पुग्ने बताएका छन् ।

साथै, चन्दननाथ नगरपालिका मेयर राजु सिंह कठायतले बीमा अनिवार्य हुनुपर्ने र सम्पूर्ण समुदायमा बीमाको पहुँच हुनुपर्ने कुरामा जोड दिए । साथै उनले आफ्नो नगरपालिकामा सम्पूर्ण परिवारलाई बीमाको दायरामा ल्याउनलाई आफुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै कार्यक्रम आयोजना गरेकोमा कम्पनीका पदाधिकारीलाई समेत धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा चन्दननाथ नगरपालीकाका मेयर राजु सिंह कठायतको प्रमुख अतित्थ तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधी एवं सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

साथै, कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक कैलाश देवकोटा तथा प्रदेश प्रमुख बिमल खड्काको समेत उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन कम्पनीका जुम्ला शाखाका प्रमुख रोशन श्रेष्ठले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*