राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा टेलिकमले ल्यायो नयाँ अफर

१८ बैशाख २०८१, मंगलवार १७:२७

काठमाडौँ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आइसिटी डे अफर उपलब्ध गराउने भएको छ। समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको उक्त दिवसका टेलिकमले नयाँ अफर सार्वजनिक गरेको हो ।

सो अफर वैशाख १९ गतेदेखि सुरू भएर वैशाख २१ गतेसम्म लागू हुनेछ। यस अफरअन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

यसैगरी डेटा प्याकेज अन्तर्गत १११ रूपैयाँमा ५ दिन चलाउन सकिने ६ जिबी डेटा, १९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जिबी डेटा, २९९ रूपैयाँमा १२ दिन चलाउन सकिने २० जिबी डेटा र ३९९ रूपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध हुनेछ।

यही अफर अन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ।

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ।

मोबाइलबाट *१४१५*११# डायल गरी वा नेपाल टेलिकम एप प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*