प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त
१८ बैशाख २०८१, मंगलवार १०:४९
काठमाडौँ । प्रभु बैंकले दुई जना संचालक चयन गरेको छ । बैंकले संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त गरेको हो ।
कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले दुई जना संचालन नियुक्त गर्ने निर्णय गरेको हो । कार्की संस्थापक सेयरधनीको समूहबाट तथा बलायर स्वतन्त्र समूहबाट बैंकको सञ्चालक नियुक्त भएका हुन् ।
1714451107091