राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त
१३ बैशाख २०८१, बिहीबार १७:५५
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् ।अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक सदस्य रहने भएका हुन् ।
सञ्चालक अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरि पद बहाली समेत गरेका छन्।