‘नेकपा एमालेका दमन भण्डारी जित्ने निश्चित छ’
९ बैशाख २०८१, आईतवार १२:४१
काठमाडौं । बझाङ जिल्लामा उपनिर्वाचनको माहोल तातिएको छ । उक्त उप–निर्वाचनको लागि विभिन्न दल तथा स्वतन्त्र गरी १० जनाले उम्मेदवारी दिएका छन् ।
आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १० जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बझाङले जानकारी दिएको छ ।
उप–निर्वाचनमा नेकपा एमालेकातर्फबाट उम्मेदवार दमन भण्डारि जित्ने निश्चित भएको विद्यार्थी नेता लोकेश खड्काले बताएका छन् । उनले भने, ‘हाम्रो जित निश्चित रहेको छ । सोही कुरालाई मध्य नजर गर्दै यत्तिबेला हामीहरु समग्र रुपमा जनताको घरदैलो कार्यक्रममा व्यस्त छौं’
घर दैलो कार्यक्रममा एमाले उम्मेदवार भण्डारी प्रति जनताको आशा दिन प्रति दिन बढ्दै गएको छ । उनी नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहेका छन् ।