२ हजार बिन्दु तल झर्यो नेप्से
४ बैशाख २०८१, मंगलवार ११:११
काठमाडौँ । नेप्से परिसूचक २ हजार बिन्दु तल झरेको छ । मंगलबार कारोबार सुरु भएसँगै परिसूचक २ हजार तल आएको हो ।
यो समाचार तयार पर्दा (११.८ बजे) सम्म नेप्से ६.७७ अकंले घटेर १९९९.७४ बिन्दुमा पुगेको छ । यो बेलासम्म २ करोड ९६ लाख २३ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।