यस्तो छ मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभाको ‘माइन्युट’
४ बैशाख २०८१, मंगलवार १०:५१
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो ।
सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब लगायतका अन्य वित्तीय विवरणहरु पारित गरीएको छ ।
यस्तै सभाबाट चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको हो । कम्पनीका शेयरधनीहरुको हात भने रित्तो भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
1713241918153