प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक

४ बैशाख २०८१, मंगलवार ०९:२१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ (साविक महालक्ष्मी लाइफ) ले नयाँ बोनसदर सार्वजनिक गरको छ । कम्पनीले  आर्थिक वर्ष २०७९।८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन कम्पनीको आधिकारिक बीमाङ्की मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको बोनसदर नेपाल बीमा प्राधिकरणबाट वैशाख २ गते स्वीकृत भएको हो ।

कम्पनीले महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५२ रूपैयाँँसम्म प्रतिवर्ष र प्रति हजार रूपैयाँ बाेनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सरल जीवन बीमा योजनामा बीमितले न्यूनतम ५२ रुपैयाँ र अधिकतम ५५ रुपैयाँ बोनस पाउने भएका छन् ।

यता महालक्ष्मी जीवन हेरचाह बीमामा न्यूनतम ५० रुपैयाँ र अधिकतम ५१ रुपैयाँ बोनस कम्पनीले दिने निर्णय गरेको छ भने महालक्ष्मी बाल बचत बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ३९ रुपैयाँसम्म बोनस दिने भएको छ ।

यता, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योनाको सबै बीमा अवधिमा ३५ रुपैयाँ बोनस दिनेछ भने महालक्ष्मी धनधान्य बीमाको सबै बीमा अवधिमा ४५ रुपैयाँ बोनस दिने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले महालक्ष्मी सावधिक आजीवन बीमा योजनाको बीमितले तीनवटै बीमा अवधिमा समान ३५ रुपैयाँ बोनस पाउने भएका छन् ।  २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा आव २०७९।८० का लागि सो बोनसदर कायम भएको कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*