नेपाल पत्रकार महासंघ काठमाडौंको अधिवेशन सम्पन्न, बीमापोष्टका उप सम्पादक धन बहादुर मगर पुरस्कृत
काठमाडौ । नेपालका पत्रकार महासंघ काठमाडौंको १२ औं महाधिवेशन सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधी मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा महाधिवेशन सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अधिवेशनको अवसरमा बीमापोष्टका उप सम्पादक धन बहादुर मगर तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाली पत्रकारिता जगतमा विगत ३० वर्षदेखि योगदान पुर्याउँदै आएका धन बहादुर मगरलाई सञ्चार मन्त्री रेखा शर्माले पुरस्कार हस्तान्तरण गरेकी थिईन् । पुरस्कृत पत्रकार मगर काठमाडौं शाखाका पूर्व उपाध्यक्ष समेत हुन् । पत्रकार मगर माओवादी जनयुद्ध सुरु हुनुअघिदेखि जनादेश साप्ताहिकमा आबद्ध थिए । शाही सत्ताले ७ पटक गिरफ्तार गरेर हिराशत तथा जेलमा राखेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गर्दा समेत निर्भिकतापूर्वक कलम चलाउँदै आएका छन् । सोही कार्यक्रममा बीमापोष्ट सम्पादक नबराज न्यौपाने समेत सक्रियता युवा सम्मानबाट सम्मानित भएका छन् ।
पत्रकार महासंघको १२ औं अधिवेशनलाई सम्वोधन गर्दै सञ्चार मन्त्री शर्माले नयाँ बन्ने मिडिया काउन्सिल विधेयकले लोकल्याणकारी विज्ञापन, र सञ्चारकर्मीहरुको सहयोग पुग्ने मन्त्रालयको तर्फबाट पहल भइरहेको बताइन् ।
महासंघका सल्लाहकार निर्मला शर्माले आफू पत्रकार महासंघ काठमाडौं शाखाको सदस्य भएको बताउँदै विगतको इतिहासलाई बिर्सनु नहुने कुरामा जोडदिइन् । सञ्चार क्षेत्रमा धेरै परिवर्तन भएको र आफूले पनि आर्थिक कठिनाइको माझमा पत्रिका चलाउँदै र बन्द गर्दै अगाडि बढ्नु परेको शर्माले बताइन् ।
प्रेस युनियनका अध्यक्ष नकुल अर्यालले युनियन र पत्रकार महासंघसँगको सम्झौताले सम्पूर्ण सञ्चारकर्मीहरुलाई अघि बढ्ने बातावरण बनेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघ सबैको साझा संस्था भएकाले समस्या आएमा सबैले मिलेर समाधान गर्नुपर्ने विचार व्याक्त गर्दै पत्रकारहरु माथि परेको जुनसुकै मुद्दामा सामूहिक रुपमा समाधान खोजिने बताए । प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले पत्रकारितालाई व्यवसायिक बनाउन र पत्रकारहरुको हकहित संरक्षण गर्न विगत देखिनै अग्रपंक्तिमा उभिदै आएको बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक नवराज न्यौपानेले पत्रकारिता मर्दै गएको विषयमा पत्रकार महासंघले गम्भिर बहस गर्नुपर्ने बताउँदै छापा सञ्चारमाध्यमको दीर्घकालीन योगदानलाई भुल्नु नहुने बताए । अधिवेशनमा सञ्चार क्षेत्रमा योगदान पु¥याए वापत २६ जना पत्रकारहरूलाई अग्रज पत्रकारहरुको सम्मानमा स्थापित स्मृति पुरस्कारद्धारा सम्मानित गरिएको थियो ।
उक्त सम्मानित हुने पत्रकारहरुमा दामोदार दवाडी, सागर पन्त, गोपाल छाङ्छा राई, पूर्व अध्यक्षहरुबाट ईश्वरी वाग्ले, हरि लम्साल, युवराज बिद्रोही, सान्तराम बिडारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता पत्रकार महासंघका अध्यक्ष सुर्य सुवेदीको अध्यक्षतामा भएको थियो ।