किन भयो युनाईटेड मोदी हाइड्रोपावरको साधारण सभा स्थगित ?
३० चैत्र २०८०, शुक्रबार १३:०९
काठमाडौँ । युनाईटेड मोदी हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा स्थगित भएको छ । चैत २९ गते बिहान ११ बजे कालिमाटी ब्याक्वेटमा बोलाएको सभा स्थगित भएको कम्पनीले जनाएको हो ।
सभामा गणपुरक सख्या नपुगेकाले स्थगित गर्नुपरेको कम्पनीले जानकारी दिएको हो । सभामा शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव थियो ।
त्यस्तै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नु साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव थियो ।