नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.६ प्रतिशत हुने एडीबीको प्रक्षेपण

२९ चैत्र २०८०, बिहीबार १४:२०

काठमाडौँ । एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४मा ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एसियन डेभलपमेन्ट आउटलुक २०२४ सार्वजनिक यस्तो बताएको हो ।

गत वर्ष १.९ प्रतिशतको वृद्धि भएको एडीबीको भनाइ रहेको छ । नेपालले चालू वर्ष ६ प्रतिशतको लक्ष्य राखे पनि अन्तर्राष्ट्रिय दातृ निकायहरुले भने ४ प्रतिशतभन्दा तलै खुम्चिने प्रक्ष्येपण गरिरहेका छन । तथापि निजी क्षेत्रबाट नेपाल व्यवस्थापन संघ (म्यान)ले ३.०९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो।

उता विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने नेपाल डेभलपमेन्ट अपडेट यसअघि सार्वजनिक गरेको छ। मध्यपूर्वमा द्वन्द्व र भूराजनीतिक तनाव, अमेरिकी मौद्रिक नीतिको मार्ग, जलवायु/ मौसमलगायत विषयलाई आउटलुकले आर्थिक वृद्धिको नकारात्मक सूचकमा समावेश गरेको छ।

एसियन डेभलपमेन्ट आउटलुक २०८०/१ का अनुसार, पेट्रोलियम मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फीति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फीति आर्थिक वर्ष २०७९/८० को ७७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*