सार्वजनिक बिदाका दिन लक्ष्मी सनराइजले कहाँ-कहाँ खोल्दैछ शाखा ?
२८ चैत्र २०८०, बुधबार १७:४८
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो ।
कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै देशभरका केहि शाखा कार्यालय खुला राख्ने निर्णय गरेको हो । बैंकका शाखा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।