समस्याग्रस्त नेपाल सेयर मार्केट्सको संयोजकमा रोशनकुमार अधिकारी छनोट
२८ चैत्र २०८०, बुधबार १६:३४
काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले अधिकारीलाई उक्त जिम्मेवारी दिएको हो ।
यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएको राष्ट्र बैंकले जनाएको छ । छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्न सूचना जारी गरिएको छ ।
उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ