भोलि बिदाका दिन समेत कृषि विकास बैंकले सेवा प्रदान गर्ने
२८ चैत्र २०८०, बुधबार १६:०९
काठमाडौँ । कृषि विकास बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो ।
कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै देशभरका शाखा कार्यालय खुला राख्ने निर्णय गरेको हो । बैंकका शाखा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन् ।