बागमती नगरपालिकाका मेयरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो । सोही निवेदन सम्बन्धमा अनुसन्धान हुँदा थापाले सार्वजनिक पदको दुरूपयोग गरी पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जारी विज्ञप्तिमा उल्लेख छ ।
‘निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएकोले निजलाई बिगो पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम कैद तथा जरिवानाको सजाय हुनका साथै निजले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा ९२०, दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख. बमोजिम जफतरअसुल उपर हुन मागदाबी लिइएको छ,’ प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।