शेयर बजार ९.१९ अकंले बढ्यो, ४ अर्ब माथिको कारोबार, फाइनान्स कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन समेत सुधार आएको छ । बिस्तारै लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा शेयर बजारमा उत्साह थपिएको हो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) ९.१९ अकंले बढेर २०३६.०१ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन, सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको १८ करोड ८ लाख १० हजार रुपैयाँको शेयर किनबेच भएको छ । साथै, गोर्खाज फाइनान्सको १६ करोड ५ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख रुपैयाँ र नेपाल फाइनान्सको १५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
आज विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, माहुली लघुवित्तको ५.३३ प्रतिशत, सबैंको लघुवित्तको ४.४२ प्रतिशत, समता घरेलु लघुवित्तको ४.४२ प्रतिशतले शेयर मूल्य घटेको हो ।
१० उपसूचकमा हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको ०.३२ प्रतिशत,विकास बैंक समूहको ०.६७ प्रतिशत, फाइनान्स समूहको २.७९ प्रतिशतले शेयर मूल्य बढेको हो ।