विवादित नेशनल मेडिकल कलेजमा प्रहरीले हान्यो छापा
२६ चैत्र २०८०, सोमबार १४:५७
काठमाडौं । जैनुद्दिन र बसरुद्दिन अन्सारी दुई दाजुभाइको चुछाचुँडी चलिरहेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । म्याद सकिएको औषधि र स्वास्थ्य सामाग्री प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले नेशनल मेडिकल कलेजमा छापा हानेको हो ।
मेडिकल कलेजका सञ्चालक दाजुभाइबीच लामो समयदेखि द्वन्द्व चर्किएको छ । मेडिकल कलेजको स्वामित्व तथा शेयरको विषयलाई लिएर सञ्चालक दाजुभाइबीच लुछाचुँडी चलिरहेको हो । कुनै समय संरचना नपुगि मेडिकल कलेजको मान्यता पाएको भन्दै निकै विवादित भएको नेशनल मेडिकल कलेज २०५७ साल ३१ भदौमा दर्ता भएको हो ।
सुरुमा वीरगन्जको बाबा होटललाई भाडामा लिएर सञ्चालन भएको नेशनल मेडिकल कलेजसँग अहिले अर्बौंको सम्पत्ति रहेको बताइन्छ ।