टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडिङको व्यापारमा पहिरो, एक वर्षमा ५२ प्रतिशतले घट्यो

२६ चैत्र २०८०, सोमबार १३:३९

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडिङ सिन्डिकेट प्रालिले व्यापार ओरालो लागेको छ । अटोमोबाइल क्षेत्रमा सुस्त मागको कारण कम्पनीको आम्दानी घटेको हो ।

कम्पनीले सन् २०२३ मा ३ अर्ब ६५ करोड ६० लाख रुपैयाँ मात्र व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ५१.९८ प्रतिशतले कम हो । यस कम्पनीले सन् २०२२ मा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड रुपैयाँ व्यापार गरेको थियो । ।यसले ४ अर्ब बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम १ अर्ब ३८ करोड बैंक कर्जाका लागि ‘केयर एनपी बीबीप्लस’ र सर्ट ट्रम २ अर्ब ६२ करोड रुपैयाँ बैंक कर्जाका लागि ‘केयर एनपी ए४ प्लस’ रेटिङ प्राप्त गरेको छ ।

कम्पनीलाई १८ जुन, १९७१ मा डा. विजय जी. वैद्य द्वारा एकमात्र वितरकको रूपमा समावेश गरिएको थियो । नेपालका लागि टोयोटा गाडीहरू उक्त कम्पनीले बिक्री वितरण गर्ने गरेको छ । यो समूह सन् १९६७ देखि टोयोटा गाडी, स्पेयर पार्ट्स र सेवाको व्यापारमा संलग्न छ । कम्पनीको शेयरमा मुख्यतया तीन शेयरधनीहरु, सुरज वैद्य (६० प्रतिशत), रितु सिंह वैद्य (३० प्रतिशत) र सौ.सुसन वैद्य श्रेष्ठ (१० प्रतिशत) हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*