प्रतिकित्ता कतिमा किन्न पाइन्छ वाणिज्य बैंकको शेयर ?
२६ चैत्र २०८०, सोमबार १३:२२
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको थियो । आज भने घोडेजात्रा पर्व रहेकाले शेयरबजार बन्द रहेको छ ।
आइतबार बैंकिक समूहको शेयर ६.११ अकंले बढेर १०५६.१८ बिन्दुमा बन्द भएको छ ।
सो दिन नेप्सेमा कारोबारमा आएका १९ बैंक मध्य १३ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । यता, ४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा २ कम्पनी भने स्थिर अवस्थामा रहेका छन् ।
सो दिन सर्वाधिक शेयर मूल्य बढाउने कम्पनीमा सिद्धार्थ बैक रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता २.७६ प्रतिशत अर्थात् ६ रुपैयाँले बढेर २२३ रुपैयाँ पुगेको हो । साथै, सानिमा बैंकको १.९२ प्रतिशत, एभरेष्ट बैंकको १.४२ प्रतिशत, नेपाल एसबिआइ बैंकको १.२ प्रतिशतले शेयर मूल्य बढेको हो ।